Latest Updates :

म्यादी प्रहरीहरुको लागी खुशीको खबर, सेयर गरेर सबैलाई जानकारी दिनुस!!!!

SHARE THIS POST :
काठमाडौं । विगतमा ८ सय जिल्लाको अवधारणा ल्याएर चर्चा कमाएका माओवादी नेता गोपाल किरातीले अहिले चुनावमा परिचालन गरिएका म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा बदल्नुपर्ने सरकारसँग माग गरेका छन् ।
किरातीले प्रधान प्रचण्डलाई भेटेर म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा रुपान्तरण गर्न माग गरेका हुन् । सरकारले चुनावमा खटाएका म्यादीहरुलाई तालिमसमेत दिएको हुनाले उनीहरुलाई प्रदेश प्रहरी बनाउन किरातीले सुझाएका हुन् ।

म्यादी प्रहरीमा भर्ना भएका युवाहरुलाई सरकारले प्रदेश प्रहरीमा भनाए नगर्ने हो भने उनीहरु विदेशतिर लाग्न सक्ने भन्दै किरातीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

‘मैले प्रधानमन्त्रीलाई भेटेर यो प्रस्ताव राखेको छु,’ किरातीले अनलाइनखबरसँग भने– ‘प्रधानमन्त्रीले यसबारे सल्लाह गरौंला भन्नुभएको छ ।’
गत चैतको दोस्रो साता गृहमन्त्रालयले करिब ७५ हजार म्यादी प्रहरीको भर्नाका लागि आह्वान गरेको थियो । १८ देखि ५४ वर्ष उमेर पुगेका म्यादी प्रहरीको कार्यकाल ५५ दिनमात्रै तोकिएको छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger