Latest Updates :

शरीरमा माउसुली खस्दा नसोचेको भविष्यको संकेत गर्छ

SHARE THIS POST :

धर्तीमा रहेका सानाभन्दा सानादेखि ठूला जीवहरुको आ–आफ्नै महत्व हुन्छ, जस्तै, माउसुली । हेर्दा डरलाग्दो वा घिनलाग्दो लाग्ने माउसुली कसैलाई मनपर्दैन । तर, जुन माउसुलीबाट टाढा भागिरहेका हुन्छौँ, त्यसले हाम्रो भविष्यको संकेत गर्ने बताइन्छ ।

शास्त्रअनुसार घरको भित्तामा हिड्ने माउसुली(भित्ती) शरीरको कुनै पनि भागमा झर्नुले शुभ–अशुभको संकेत गर्छ ।

– यदि माउसुली टाउँकोमा परेमा सम्पति मिल्ने संभावना हुन्छ । त्यस्तै, गर्दनमा परेमा यश प्राप्त हुन्छ ।

– दाहिने कानमा परेमा आभुषण प्राप्त हुन्छ । बाँया कानमा माउसुली परेमा आयु बढ्ने संकेत गर्छ । यस्तै, बाँया गालामा झरेमा पुरानो मित्रसँग भेट हुने तथा दाहिने गालामा परेमा पनि आयु बढ्ने संकेत हो ।

– यदि माउसुली तपाईको नाकमा झरेमा तपाईको भाग्यदोयको संकेत मानिएको छ ।

– यदि पिठ्युमा माउसुली झरेमा घरमा कलहको संकेत मानिन्छ । पिठ्युको दोहिने भागमा खसेमा सुख र देब्रेमा परेमा रोगको संकेत गर्छ ।

– दाहिने काँधमा झरेमा विजयको संकेत गर्छ, तर बाँया काँधमा माउसुली खसेमा नयाँ सत्रु बन्ने संकेत हुन्छ ।

– यदि दायाँ हातमा झरेमा कपडा र बायाँ हातमा झरेमा धनको हानीको संकेत भनिएको छ । यस्तै, दायाँ खुट्टामा परेमा यात्राको लाभ र बायाँ खुट्टा परेमा घरमा कलह तथा बिरामी, दुःख मिल्ने संकेत मानिएको छ ।

तर सावधान हुनुस्, शास्त्रमा भनेको सबै सत्य हुन्छन् भन्ने छैन। माउसुली मुखमा खस्यो, वा खानामा पर्यो भने त्यसले शुभ पटक्कै गर्दैन। माउसुली विषालु हुन्छ त्यसैले यसबाट बच्नुनै बुद्धीमानी हुन्छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger