गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोध प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तालाई सेनाले अन्धाधुन्ध गोली चलाएको सहसचिव विनय तामाङले बताए । तामाङका अनुसार मृतकको नाम खुलेको छैन । घटनामा दर्जनाैं घाइते छन् ।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले आन्दोलनकारीको मृत्यु भएको पुष्टि गर्दै आन्दोलन नरोकिने बताएकाछन् । उनले गोर्खाल्याण्ड प्राप्त नभएसम्म आन्दोलन जारी रहने र राज्य सरकारलाइ घुडा टेकाइ छाड्ने जनाएकाछन् । दमन र मृत्युबाट आफूहरु नडराउने उनको भनाइ छ । शनिबार दिनभर दार्जेलिङ रणभूमिमा परिणत भएको पाईएको छ । सुरक्षाकर्मीले आन्दोलनमा आएका प्रर्दशनकारीहरुलाइ अन्धधुन्द गोली प्रहार गरेका दृश्यहरु सामाजिक सञ्जालमा भाइरल बनेकाछन् । एक गोली खाएका युवाले गोली लाग्दा पनि जयगोर्खा भनेकाछन् । उक्त भिडियो नै सार्वजनिक भएको छ ।
Post a Comment