Latest Updates :

भारतको होटलबाट नेपाली युवती पक्राउ

SHARE THIS POST :

धरान/भारतको राजस्थानमा यौन धन्दामा संलग्न एक नेपाली युवती रंगेहात पक्राउ परेकी छन् ।नेपालको अर्घाखाँची जिल्ला घर भएकी सीता (नाम परिवर्तन)लाई राजस्थानको सीकरस्थित एउटा होटलबाट आपत्तिजनक  (नाङगै) अवस्थामा स्थानीय प्रहरीले नियन्त्रणमा लिएको भारतीय मिडियाले जनाएका छन् ।

आफू विवाहित रहेको तथा श्रीमान पनि दिल्लीमै काम गर्दै आएको बताउने सीताले एक घण्टाका लागि ग्राहकबाट दुईदेखि तीन हजार रुपैयाँ लिने गरेको प्रहरीको दाबी छ । उनले आफ्नो पेशाबारे श्रीमान पनि जानकार रहेको कुरा प्रहरीलाई बताएको समाचारमा उल्लेख छ ।

यस्तै प्रहरीले सोमबार राति गरेको कारवाहीमा अन्य तीन जनापनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल मालिक र दलाल रहेको बताइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger