Latest Updates :

इरानको कोइला खानीमा बिष्फोटहुदा ,३ नेपालीको मृत्यु भएको आशंका,पुष्टि हुन अझै बाकी

SHARE THIS POST :

इरानको एक कोइला खानीभित्र बिस्फोट हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएका छ । बिष्पोटबाट मृत्यु हुनेमा ३ जना नेपालीपनि परेको हुन सक्ने आशंका गरिएको छ ।

बिभिन्न मुलकहुदै काम गर्न इरान पुगेका नेपालीहरुपनि बिष्पोटनमा परेको आशंका गरिएको छ । इरानका सञ्चार माध्यमहरुले उद्धारकार्य जारी रहेकाले बिस्तृत बिबरण आउन बाकी रहेको बताएको छ । ।

इरानको उत्तरी प्रान्त गोलेस्तानमा अवस्थित जामेस्तान्युर्त कोइला खानीमा भएको ग्यास बिस्फोटनका कारण उनीहरुको मृत्यु भएको इरानको सरकारी स्रोतको अनुमान छ । घटनाको अनुसन्धान भै रहेको र बिस्फोटनको यकिन कारण बाहिर ल्याइएको छैन ।

पेट्रोलियम इन्धन धनी राष्ट्र इरानमा बिगतमा यस्तै प्रकारका खानी बिस्फोटका घटनाहरुले आहत बनाउने गरेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger