Latest Updates :

‘प्रचण्ड’ले राजीनामा दिने एक हप्ता भित्रमा...

SHARE THIS POST :

धरान/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसैसाता आफूले पदबाट राजीनामा दिने बताएका छन् ।मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग सोमबार बिहान बालुवाटारमा भएको भेटवार्टामा ‘प्रचण्ड’ले राजीनामा दिने तयारीमा आफू पुगेको बताएका हुन् ।

भेटवार्तामा सहभागी राजपाका नेता राजकिशोर यादवका अनुसार प्रधानमन्त्रीले यसैसाताभित्र संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने उल्लेख गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूले यसै हप्ता संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने मनस्थिति बनाएको बताउनुभयो’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै नेता यादवले भने, ‘त्यसअघि संविधान संशोधन पारित गराउने विषयमा प्रतिवद्धता जनाउनु भएको छ ।’

कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिएर शेरबहादुर देउवालाई नेतृत्व सुम्पने जनाइएको छ ।

भेटवार्तामा राजपाका नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलताका साथ सम्पन्न गरेकोमा प्रधानमन्त्री दाहाललाई बधाइ दिएका थिए । उनीहरूले दोसो चरणको चुनावका लागि वातावरण बनाउन र संविधान संशोधनका लागि आग्रह गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले संसदमा संविधान संशोधनका लागि संख्या रहको भए पनि राप्रपाले के गर्छ भन्नेमा आफूले सो पार्टीसँग जान्न चाहेको पनि बताएका थिए । ‘संविधान संशोधनमा राप्रपाले नीतिगत रुपमा सहमति जनाएको छ’, प्रधानमन्त्री दाहालको भनाई उदृत गर्दै राजपाका नेता यादवले भने, ‘प्रधानमन्त्रीज्यूले सो विषयमा राप्रपासँग पनि परामर्श गर्ने बताउनु भएको छ ।दैनिकनेपालबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger