Latest Updates :

करिश्माले भनिन् विनोद मेरो लोग्ने होइनन् , मात्र साथी ! (भिडियो)

SHARE THIS POST :

दाङ, ८ जेठ । नयाँ शक्ति नेपालकी नेतृ तथा नायिका करिष्मा मानन्धरले आफ्ना पति विनोद मानन्धरमाथि भरपर्दा स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएको दोहोर्याएकी छिन् ।

एक साताअघि आफू काठमाडौंमै जन्मीहुर्की बढेको भएपनि पति विनोदका कारण सप्तरीमा मतदाता नामावलीमा नाम पर्न गएको बताएकी करिश्माले पति विनोदले तानाशाही प्रवृत्ति देखाएको भन्दै आक्रोश पोखेकी थिइन् ।


पतिकै कारण ३१ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मतदान गर्न नपाएको घोराहीमा आयोजिक एक कार्यक्रममा बताएकी करिष्माले मताधिकार प्रयोग गर्न नपाउँदा दुःख लागेको अनुभव सुनाइन् ।

विनोद पति मात्रै नभएर साथीका रुपमा समेत रहेको बताएकी उनले उनै पतिमाथि भरपर्दा धोका पाएपछि फेसबुक मार्फत सचेत गराएको जानकारी गराइन् ।

‘मेरा पतिले मलाई बच्चा जस्तो व्यवहार देखाए, उनलाई डर देखाउनका लागि मैले फेसबुकमा लेखेकी हुँ, उनी साह्रै डराएका छन्’, नायिका करिश्मा भन्छिन्, उनी मेरो होस्टेल वार्डेन हुन् । मैले चढ्ने कार पनि उनले नै सर्भिस गर्छन् ।’


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger