Latest Updates :

बियरमा पिसाब मिसाइएको हुन्छ !

SHARE THIS POST :
प्रकाशित मिति: May 7, 2017
काठमाडौं, वैशाख २४  । मानिसले पिउने बियरमा मानवमूत्र मिसाइने गरेको तथ्य सार्वजनिक भएको छ ।डेनमार्कको बियर कम्पनी डेनिस लिक्वेरले आफ्नो उत्पादन ‘पिसनेर’ नामक बियरमा जौबाट बनेको पदार्थसँग मानवमूत्र निषेचित (फर्टिलाइज्ड) गरिएको बताएको हो ।

कम्पनीले बियर उत्पादनका लागि सन् २०१५ मै ‘रसकिल्डे संगीत उत्सव’ (कन्र्सट)को आयोजना गरी ५० हजार लिटर ताजा मानवमूत्र संकलन गरेको ‘रोयर्टस’ समाचार संस्थालाई बताएको छ ।

त्यसबाट ६० हजार बोतल बियर उत्पादन गरिएको जनाइएको छ ।

उक्त बियर उत्पादनका लागि डेनमार्कको कृषि तथा खाद्य परिषदले मान्यता दिएको छ । परिषदले यस विधिलाई बियर ‘रिसाइकिलिङ’ नाम दिएको छ ।

कम्पनीका म्यानेजर हेनरिक भांगले सुरुमा यस विधिबाट बियर उत्पादनप्रति आलोचना गर्नेहरु धेरै भएको बताए ।

उनले भने–‘अहिले मानिसहरुमा त्यस्तो धारणा छैन, हामीले कसरी मानवमूत्रलाई पुनः प्रयोग गर्छौं भन्ने जानकारी गराएपछि मानिसहरुले सकरात्मकरुपमा लिए ।’

‘अहिले विश्वमा थुप्रै बियर कम्पनीहरुले मानवमूत्र जौबाट बनेको पदार्थमा निषेचित गरी उत्पादन गरिरहेका’ जनाइएको छ ।

तर, मानिसहरुले गर्ने नकरात्मक टिप्पणी तथा आलोचनाका कारण यस विधिलाई उनीहरुले गोप्य राख्ने गरेको कम्पनीले उल्लेख गरेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger