Latest Updates :

अप्रेशन गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा

SHARE THIS POST :
डा. शितल अग्रवाल
एजेन्सी । बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ, । प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् :
१‍. पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ । तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अप्रेशन गर्नुपर्ने अवस्था आयो भने त्यसले खतरा बढाउँछ।

२. अप्रेशन गरी बच्चा जन्माएका महिला पहिलो ४० दिन भित्र कुनै शारीरिक गतिविधि नगर्न वा ६ महिनासम्म जिम जान नहुने साझा मान्यता छ । तर यो केबल मिथ्या मात्र हो । सामान्य शारीरिक गतिविधि गर्दा त्यसले शरिरलाई सशक्त बनाउँछ । सामान्य हिडडुल गर्न सकिन्छ तर पहिलो ४० दिन भित्र धेरे गहौं सामाग्री उचाल्नु हुँदैन।

३. अप्रेशन पछि केही आमाहरुमा तत्काल स्तनपान गराउनु हुँदैन भन्ने मान्यता छ । अप्रेशन लगत्तै वा सोही दिनदेखि स्तनपान गराउँदा कुनै असर पर्दैन।

४.अप्रेशन गरेको भोलिपल्ट अर्ध तरल पौष्टिक भोजन ग्रहण आग्रह गरिन्छ । चिल्लोयुक्त तरल पर्दाथ खानु हुँदैन । तेस्रो दिनदेखि आइरन र फाइबरयुक्त तरल खानेकुरा खान सकिन्छ । ताजा फलफुल, सागसब्जी, खानुपर्छ । डिहाइड्रेसनबाट बच्न पानी वा तरल पदार्थ प्रशस्त खानुपर्छ । सन्तुलित पोषण खानुपर्छ जसले अनावश्यक रुपमा तौल बढ्न दिदैन।

५. डेलिभरीपछि आफ्नो र शिशु दुबैको स्वास्थ्यमा ख्याल गर्नुपर्छ । आफूलाई चिसो र एलर्जीबाट बचाउनु पर्छ । हाच्छिँउ आउँदा शल्यक्रिया गरेको स्थानमा असर पर्नसक्छ । अप्रेशन गरेको केही दिन एकदमै सिधा वा तन्किएर उभिनु हुँदैन । कोल्टे फेर्नु पर्दा पनि परिवारका सदस्यको सहयोग लिनुपर्छ । धेरै आराम र प्रर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ।
स्वास्थ्य खवर पत्रिका
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger