Latest Updates :

प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ ।

SHARE THIS POST :

धनुषा, जेठ ९ । जनकपुरबाट प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ ।


जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्ट हाउसको कोठा नं १०७ मा बसी रहेका युवकसँग हातहतियार रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय सुरज साह सोनार रहेका छन् ।

प्रहरीले उक्त युवकको कोठामा खानतलासी गर्दा उनको सुत्ने ओछ्यानको सिरानीमुनिबाट चार राउण्ड गोली लोड रहेको युएसए अटो पेस्तोल एक थान फेला परेको धनुषाका नायब प्रहरी उपरीक्षक मनोज यादवले बताए ।

साह कुनै आपराधिक घटना घटाउने नियतले जनकपुरमा रहेको र उनले कुन प्रयोजनको लागि हतियार बोकेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । (रासस)

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger