Latest Updates :

बुद्धचोकमा आइतबार राति एक वृद्ध दम्पतीको हत्या भएको छ ।

SHARE THIS POST :

धनगढी, जेठ ८ । धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा आइतबार राति एक वृद्ध दम्पतीको हत्या भएको छ ।
बुद्धचोकमा रहेको आफ्नै पक्कीघरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृतावस्थामा फेलापारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

आइतबार राति नै हत्या भएको अनुमान गरिएको सो घटनाको सोमबार बिहानमात्रै स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतक दुवैको मुखमा घाउ रहेको बुढामगरले बताए ।

दम्पतीको हत्या गरेर शव कोठामा राखी बाहिरबाट ताला लगाइएको थियो । घटनामा प्रहरीले एक पुरुष र ६ महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

आशंकित अर्का एक व्यक्ति फरार छन् । मृतक दम्पतीका छोरा विदेशमा छन् ।

घरको कारोबारको विषयलाई लिएर उक्त घटना गराइएको हुनसक्ने आशंका गरिएको छ । रासस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger