Latest Updates :

आखिर के गरे त राजेश हमालले चिसो व्यवहार जुन करिष्मालाई मन परेन

SHARE THIS POST :
नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडीलाई नेपाली चलचित्रमा ‘सदाबहार’ जोडीको रुपमा लिइन्छ । यी दुइले अभिनय गरेका थुप्रै चलचित्र सफल छन् । चलचित्र ‘साथी’मा समावेश ‘आइ लभ यू’ बोलको गीत त अहिले पनि उस्तै चर्चामा छ ।

उनै, करिश्माले नायक हमालको बारेमा समय – समयमा टिप्पणी गर्दै आएकी छिन् । केही समय अगाडि उनले नायक राजेश हमाललाई काठमाण्डौको मेयर पदमा स्वतन्त्र रुपमा उठ्न चुनौती दिएकी थिइन् । करिश्माको यो चुनौतीको जवाफ अहिलेसम्म नायक हमालले दिएका छैनन् ।

फेरि, नायिका करिश्माले हमालको एउटा बानीप्रति असन्तुष्टी जनाएकी छिन् । वुधबार प्रकाशित हुने ‘गज्जब’ साप्ताहिकसँगको कुराकानीमा उनले भनेकी छिन् ‘राजेशजीसँग मैले धेरै चलचित्रमा काम गरेँ । नेपाली चलचित्र जगतमा उहाँको योगदान महत्वपूर्ण छ । तर, उहाँको अलि चिसो व्यवहार र सबै कुरा आफूभित्रै समेट्ने बानी मलाई मन पर्दैनथ्यो । हामीले, अरुसँग काम गर्दा धेरै रिहर्सल गरेपछि मात्र सुट टेक गथ्र्यौ । तर, उहाँसँग धेरैजसो रिहर्सल नै नगरि टेक दिनुपथ्र्यो ।’

उनले, हमालको यो बानीले काम गर्दा गाह्रो पर्ने गरेको पनि स्मरण गरेकी छिन् । उनले, हमालको ढिलो छायांकनस्थलमा पुग्ने बानीको पनि आलोचना गरेकी छिन् । करिश्माले भनेकी छिन् हामी सुटिङ स्पटमा बिहान ६ बजे नै पुग्थ्यौ । तर, उहाँ भने १२/ १ बजेतिर मात्र पुग्नुहुन्थ्यो । जुन कुरा मलाई चित्त वुझ्दैनथ्यो ।’


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger