काठमाडौँ । अमेरिकामा बसेर सामाजिक कामममा समेत सक्रिय २७ वर्षे सन्दिप थापालाई एक्कासी मेटास्टाटिक क्यान्सर भएको पत्ता लागेको छ । स्वास्थ्यमा असामान्य परिवर्तन आएपछि स्वास्थय परिक्षणको क्रममा उनलाई सरिरको मुख्य अंगहरुमा अतिनै दुर्लभ मानिने क्यान्सरको संक्रमण भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए ।
८ वर्ष अगाडी अध्ययनको शिलशिलामा अमेरिका गएका थापा हाल क्यालिफोर्निया राज्य को सन् – फ्रान्सिस्कोको OAKLAND 3600 BROADWAY CA स्थित मा उपचार भइरहेको छ । थापाको बिहिबारबाट केमो थेरापी सुरु गरिएको छ । यो दुर्लभ रोगको उपचार निकै महंगो पर्ने भएकाले आर्थिक संकलन अभियान पनि सुरु गरिएको छ ।
.
Post a Comment