Latest Updates :

नयाँ बसपार्कको गेस्टहाउसमा महिलाद्वारा आत्महत्या

SHARE THIS POST :
काठमाडौं, जेठ १७– राजधानीको नयाँ बसपार्कमा एक महिलाले आत्महत्या गरेकी छिन् । बसपार्कस्थित दुर्गा गेस्ट हाउसमा बस्दै आएकी सुशीला गुरुङले गत जेठ ८ गते आत्महत्या गरेकी हुन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाकी स्थायीबासिन्दा उनी श्रीमानसँग झगडा भएपछि काठमाडौं आई नयाँबसपार्कस्थित दुर्गा गेस्ट हाउसमा बस्दै आएकी थिइन् भने त्यहाँ उनी रहेको खबर पाएपछि श्रीमानले आफन्त पठाएर घर जान आग्रह गरेका थिए ।

तर, उनले घर जान नमानेको विवाद बढ्दै जाँदा गेस्ट हाउसकै कोठामा डोरीको लगाउन पुग्दा सो घटना हुन पुगेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका इन्सपेक्टर सुवास खड्काले रातोपाटीलाई बताए ।

गेस्ट हाउस आसपासका स्थानीयले भने मृतकका श्रीमानका आफन्त होटलमा पुगेसँगै विवाद भएको र प्रहरीलाई खबर गर्दा त्यहाँ एक म्यादी प्रहरी पुगेलगत्तै सो घटना भएको दाबी गरेका छन् । म्यादी प्रहरीले प्रहरी कार्यालयमा जाउँ भन्दा गुरुङ कपडा फेरेर जाने भन्दै गेस्ट हाउसको कोठामा पसेको तर एकाएक पासो लगाउँदा मृत्यु हुन पुगेको दाबी गरेका छन् ।

यस विषयमा खड्काले घटना भएपछि मात्रै प्रहरीलाई खबर आएको दाबी गर्दै तत्कालै त्यहाँ पुगेर गुरुङलाई त्रिवि शिक्षण अस्पताल पुर्याएको र त्यही मृत्यु भएको बताए ।

घटनामा प्रहरी र होटल आसपासका स्थानीयको फरक भनाई आएसँगै यो विषयमा गम्भीर छानबिन हुनुपर्ने आवाज उठेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger