Latest Updates :

प्रेमगीत हिरो प्रदिप खड्का यस्तो नयाँ नेपाली फिल्म ल्याउदै

SHARE THIS POST :
यस अगाडि चलचित्र ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरेको आशुषेन फिल्मस्ले आफ्नो ब्यानरमा चौथो चलचित्र ‘दीपेन्द्र सरकार’ बनाउने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्धमृत अवस्थामै १३ औ राजा बनेका दीपेन्द्र विर विक्रम शाहको प्रेम कथामा आधारित रहेर चलचित्र बन्न लागेको जानकारी दिइएको थियो । २९ बर्षको उमेरमा सन् २००१ को जुन ३ मा दीपेन्द्रको निधन भएको थियो ।

सन् १९७१ ज्ुन २१ मा नारायणहिटीमा जन्मिएका दीपेन्द्रको प्रेम जीवन पनि निकै चर्चामा रहेको थियो । निर्माता सन्तोष सेनले दीपेन्द्रको प्रेम कथालाई नै आधार बनाएर चलचित्र बनाउन लागेको बताए । यो चलचित्रको बजेट ५ करोड ५० लाख रहने बताइएको छ । विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर यो चलचित्र बन्नेछ । जसका लागि निर्माताले, पुस्तकको अधिकार पनि किनिसकेका छन् ।

यो चलचित्रको प्रदर्शन मिति पनि वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो । नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ । ‘दीपेन्द्र सरकार’ बन्न लागेको नायक प्रदिप खड्काले निर्माण टिमको निर्देशन अनुसार आफू पात्रको भूमिकामा ढल्ने बताए ।

कार्यक्रममा राजाको भेषमा पुगेका प्रदिपले चलचित्रका लागि आफू मोटाउने बताएका छन् । दीपेन्द्र केही मोटा रहेकाले पनि प्रदिपले उनकै जीउडालमा आफूलाई ढाल्ने निर्माणपक्षको भनाई छ । महोत्सवका लागि डेढ घन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टाको चलचित्र बनाइनेछ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger