आज दिउँसो करिब साढे २ बजे महिलाले प्लाष्टिकको पोका फालेको केटाकेटीले देखेपछि नजिकै गएर हेर्दाहेर्दै नवजात शिशु चलेर बाहिर निस्केपछि चिच्याउँदै अभिभावकलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार लामो कपाल भएको, रातो कुर्ता सलवार, कालो चप्पल, कालो ज्याकेट र सेतो माक्स लगाएकी महिलाले प्लाष्टिकमा राखिएको कार्टन फालेकी थिइन् । उक्त कार्टन फालेपछि शिशु चलेर बाहिर निस्केको उनीहरुको भनाई छ ।
शिशुको टाउकोमा चोट समेत देखिएको छ । तर कसले फालेको भन्ने कुरा अझैसम्म पत्ता लग्नसकेको छैन । फालिएकी नवजात शिशु छोरी रहेकी छिन् । शिशुको मृत्यु भईसकेको छ । यो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै २०७२ साल मंसिर २८ गते पनि २४ घण्टा भित्रै सदरमुकाममै २ नवजात शिशुको शव भेटिएको थियो । तर आजसम्म घटनामा संलग्न दोषि पत्ता लाग्न सकेका छैनन् ।
Post a Comment