Latest Updates :

आज बिहान माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

SHARE THIS POST :
चितवन । कुरिनटारमा माइक्रोबसको ठक्करबाट आज मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ ।
आज बिहान करिब ८ः४५ बजे इच्छाकामना गाउँपालिका–४, कुरिनटार, मनकामना प्रवेशद्वार नजिकै सो दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ६४८८ नंको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको बा ८३ प ६४८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विनोदको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुर ल्याउने क्रममा आज बिहान करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती मनिषा घाइते भएको र उनको अहिले कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । माइक्रोबसका चालकलाई भने नियन्त्रणमा लिइएको छ । रासस


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger