Latest Updates :

खोटाङमा अज्ञात व्यक्तीद्धारा महिलाको हत्या, गरगहना लुटपाट

SHARE THIS POST :
अज्ञात व्यक्तीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान हलेसीकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्या गरेको छ ।

घाँस र स्याउला काट्नका लागि जंगल पुगेर फर्कँदै गरेकी बिकको खुकुरी प्रहारबाट हत्या गरिएको हो । सोमबार साँझ भएको खुकुरी प्रहारबाट बिकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो ।

बिकको हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । घट्नास्थल प्रकृति मुचुल्का, लाश जाँच मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । हत्यापछि बिकको रिङ, फुली र सौभाग्य लुटेको पाइएको छ । बिकको हलेसी–दिक्तेल सडकको घुम्तीबाट ईलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा हत्या भएको हो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger