
गरुड तिर्खा लागेपछि सहरनजिकै एउटा तलाउमा आएको थियो। पानी पिउँदै गर्दा बच्चाहरुले उसलाई समातेका थिए। राँची विश्वविद्यालयका जुलोजीका प्राध्यापक रज्जुद्दीनका अनुसार गरुड निकै दुर्लभ पंक्षी हो। संसारभर यसको संख्या ५ हजारभन्दा कम छ। पछिल्लो केही समय झारखंडमा गरुड देखिएका थिए। यहाँको जलवायु गरुडको अनुकूल भएको बताइएको छ। अग्ला रुख हुने र पानीको राम्रो स्रोत हुने ठाउँमा गरुड बस्छन्।
Post a Comment