Latest Updates :

सुस्मिता र विक्रमको प्रेम सम्बन्धका कारण टुट्यो निर्देशकको घरवार

SHARE THIS POST :
नायिका सुस्मिता सेनको लफ लाइफको बारेमा मिडियामा बेला(बेलामा विभिन्न खालका समाचार सार्वजनिक भैरहेका हुन्छन् । सुस्मिताले किन बिहे गरिनन् भन्ने चर्चा पनि नभएको होइन ।

तर, एक निर्देशकले सुस्मितासँगको प्रेम सम्बन्धको बारेमा मिडियामा बोलेपछि अहिले यसले खुबै चर्चा पाइरहेको छ । बलिउडमा सस्पेन्स चलचित्र बनाउन माहिर मानिएका निर्देशक विक्रम भट्टले आफू र नायिका सेनविचको प्रेम सम्बन्धको बारेमा मुख खोलेका छन् । विक्रम अहिले सिंगल छन् । उनको केही बर्ष अगाडि नै पत्नीसँग डिभोर्स भएको हो । विक्रमले डिभोर्स कारण नायिका सुस्मितासँगको प्रेम भनेका छन् ।

उनले मिडियासँग कुराकानीका क्रममा भनेका छन्(‘ सुस्मिता र मेरो प्रेम सम्बन्धपछि पत्नी अदितीसँग मेरो डिभोर्स भयो । मलाई अहिले यसको ठूलो पछुतो लागिरहेको छ । मैले यसपछि बिहेको बिषयमा सोचिनँ । कारण, मलाई बिहेमा विश्वास नै गुमिसकेको थियो ।’

सुस्मिताले आफूलाई छाडेपछि घरको बालकोनीबाट आत्महत्या गर्ने प्रयास समेत गरेको विक्रमले खुलाएका छन् । उनले, सुस्मितासँगको व्रेकअपपछि आफू डिर्पेसनमा रहेको समेत खुलाएका छन् । उनले आफ्नो नायिका अमिषा पट्टेलसँग पनि अफेयर चलेको खुलासा गरेका छन् । विक्रमले भनेका छन्(‘मैले बिहे नगर्नुमा म कसैलाई दोष दिन चाहन्नँ । किनकी, म नै खराव मानिस हुँ ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger