Latest Updates :

तीन सय नौ जना इराकीको द्वन्द्वका कारण मृत्यु,

SHARE THIS POST :
प्रकाशित मिति: May 2, 2017
बग्दाद (इराक), १८ वैशाख । इराकमा जारी सशस्त्र द्वन्द्व, आतङ्ककारी आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरी ३०९ जना सर्वसाधारणको मृत्यु भएको छ भने ३८७ जना घाइते भएको संयुक्त राष्ट्रसङ्घ इराक मामिला सहायता कार्यक्रम (यूएनएएमआई) ले सोमबार जनाएको छ ।

यूएनएएमआईद्वारा जारी विज्ञप्तिमा मृतक तथा घाइते सङ्ख्यामासुरक्षाकर्मीतर्फको विवरण प्रस्तुत छैन । साथै इराकी विद्रोहीले आफ्नोतर्फको क्षतिको विवरण दिन अस्वीकार गरेको छ ।यसअघि सुरक्षाकर्मीतर्फ क्षतिको सङ्ख्याका विषयमा सेनाले आधिकारिकता माथि प्रश्न उठाएको थियो भने सेनाद्वारा दिइएको विवरणप्रति यूएनएएमआईले अविश्वास प्रकट गरेको थियो ।मृतक सर्वसाधारणमध्ये इराकको उत्तरी प्रान्त नाइनमेहमा सबैभन्दा धेरै १५३ जनाको मृत्यु भएको थियो भने १२३ जनाको पश्चिमी मोसुलमा भएका युद्धमा मारिएको विज्ञप्तिमा जनाइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger