Latest Updates :

चमत्कारी रुपमा एक नेपाली महिला ८० दिन कोमामा रहेर उठ्न सफल भएकी छिन्

SHARE THIS POST :

दुवई-

एक नेपाली महिला ८० दिन कोमामा रहेर उठ्न सफल भएकी छिन् । ३१ बर्षिया देवी लक्ष्मी श्रेष्ठ कोमामा गइसकेको अवस्थामा पुन उठ्न सफल भएकी हुन् । उनी गत अप्रिल ९ तारिखको दिन विहान कोमाबाट उठ्न सफल भएकी हुन् । अस्पतालको बेड छेउमै बसेका देवीका पति ३२ बर्षिय लोकेन्द्र श्रेष्ठले आफ्नी पत्नी कोमाबाट व्यूँझिएको जानकारी चिकित्सकहरुलाई गराएका थिए । उनलाई दुवईको अस्तर अस्पतालमा राखिएको थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सर्वेज विचुले यो चमत्कार भएको बताए । उनी बाँच्न सफल हुन्छिन् भन्नेमा समेत शंका रहेको अवस्थामा उनी यसरी व्यूँझनु चमत्कार हो उनले भनेका छन् । देवीका पतिले आफ्नी पत्नीको स्याहार सुसार गरेको देखेर आफूहरुलाई उनको उपचारमा थप सक्रिय भएर लाग्न प्रेरित गरेको समेत उनले बताएका छन् । लोकेन्द्रले आफ्नी श्रीमति नबाँचेमा आफू पनि उनीसँगै मर्ने बताउँदै आएको चिकित्सकहरुको भनाई छ ।
देवी र लोकेन्द्रको युएईमा पुगेर काम गर्न थालेपछि प्रेम भएको थियो । उनीहरु एक कफिसपमा काम गर्दथे र गत बर्ष मात्र विवाह गरेका थिए । कोमामा हुँदा देवी ६ महिनाकी गर्भवति थिइन् ।

अकस्मात उच्च ज्वरो तथा वान्ता गर्न थालेकी देवीलाई अस्पताल पुर्याइएको थियो । अस्पताल लगेको तीन दिन पश्चात देवी कोमामा पुगेकी थिइन् । उनलाई झण्डै तीन महिनादेखि भेण्टिलेटरमा राखिएको थियो ।

पछि उनलाई दैनिक रुपमा फिजियोथेरापी गर्ने गरिएको अस्पतालले जनाएको छ । नेपाल घर खोटाङ भएकी देवी अव हिंडेर नै उनको घर जान सक्ने चिकित्सकहरुले बताएका छन् । आफूले वितेको एक सय दिनको कुनै कुरा सम्झना नरहेको देवीको भनाई छ । उनले आफू कुनै रेलमा यात्रा गरिरहेको र एक महिलाले उनको विशेष स्याहार गरेको सपना देखेको बताइकी छिन् । "सायद उनी मलाई बचाउने देवी हुनुपर्दछ" उनले भनिन् ।

अव उनी घर फर्किन चाहन्छिन् र अंग्रेजी भाषा पढाउने एक संस्था खोल्न चाहन्छिन् । तर अस्पतालका चिकित्सकहरुले अझै पनि ६ महिनासम्म उनले आराम गर्नुपर्ने र थप उपचार गर्नुपर्ने बताएका छन् ।

गल्फ न्यूजबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger