Latest Updates :

अवैधानिक कामदारको सुचना दिनेलाई ५० हजार रियालसम्म पुरस्कार दिने साउदी सरकारको घोषणा

SHARE THIS POST :
विन्देश तामाङ, रियाद,

साउदी सरकारले साउदीको कानून मिचेर अवैधानिक रुपमा बसिरहेका कामदारको सुचना दिने जो कोहिलाई ५० हजार रियाल( नेरु १३ लाख ५० हजार) सम्म पुरस्कार दिने घोषणा गरेको छ । साउदी अरवको सार्वजनिक सुरक्षा सम्वन्धित निकायका अधिकृत जमान बिन अहमद अल घमिदीलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

उनले कुनै रोजगारदाता छोडेर अवैधानिक रुपमा बसिरहेका जो कोहिलाई देश निकाला गर्न साउदी सरकारले शुन्य सहनशिलताको नीति अपनाएको बताएको समाचारमा उल्लेख छ । गैरकानूनी रुपमा बसिरहेका व्यक्ति साउदी अरवका लागि सुरक्षा, आर्थिक, सामाजिक तथा स्वास्थ्यका हिसावले पनि अत्यन्त समस्या भएको साउदी सरकारले यसअघि देखि नै बताउँदै आएको छ ।

गत मार्चमा साउदीले अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन आममाफी घोषणा गरेको थियो । सो आममाफी मार्च २९ देखि लागु भएको थियो । ९० दिने आममाफीको समय आगामी जुन २८ मा सकिंदैछ ।  सोही क्रममा आममाफीको समय सकिने वित्तिकै कडा कारवाही सहितको खोजि अभियान तिव्र बनाइने साउदी सरकारले चेतावनी दिएको थियो । आममाफीको समय सकिएपछि पक्राउ पर्नेहरुलाई १५ हजार देखि १ लाख रियालसम्म जरिवाना हुने यसअघि नै साउदीले जानकारी गराइसकेको छ ।  

फरक प्रसँगको भिडियो हेर्नुहोस्

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger