Latest Updates :

२० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ गरेको छ

SHARE THIS POST :
काठमाडौं, जेठ ८ । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मोरङ सिजुवा–८ घर भएका २९ बर्षीय राजेन्द्र पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका घर भई सोही ठाउँ डेरा गरी बस्ने २४ बर्षीय अग्रज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।


पोखरेलले गत बैशाख ३१ गते रामेछाप बेथान–५ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २० बर्षीया महिलालाई आफ्नो डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको र चौधरीले समेत जेठ १ गते ती महिलालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी जेठ ७ गते प्रहरी वृत्त कालिमाटीमा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान र कारवाही प्रकृया सुरु गरिएको जनाएको छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger