उत्तर लण्डनको बार्नबरी क्षेत्रमा सडकको छेउमा एक कागजमा मान्छेको हड्डी राखिएको पाइएपछि सनसनी मच्चिएको छ। ४४ वर्षीय डेन गार्डनरले बारबाट मदिरा पिएर निस्किँदा सबैभन्दा पहिले यी हड्डी देखेका थिए। डेनका अनुसार जब उनी बारबाट निस्किए तब उनको नजर ती हड्डीमा पर्यो।
सुरुमा त उनले सोचे त्यो कुनै जनावरको हड्डी होला तर पछि यो कुरालाई गम्भीर रुपमा लिँदै उनले प्रहरीलाई खबर गरे। घटनाको सूचना पाउनासाथ प्रहरीको फरेन्सिक टिम घटनास्थलमा पुग्यो। लामो समयको छानबिनपछि पत्ता लाग्यो ती हड्डी मान्छेकै थिए। यी हड्डी धेरै पुराना पनि थिएनन् तर तिनीहरुलाई सडकमा कसले राख्यो भन्ने खुल्न सकेको छैन। प्रहरीले यो घटनाबारे छानबिन गरिरहेको छ तर यी हड्डी यहाँ कसरी आए भन्ने कुराले सनसनी मच्चाइरहेको छ।
Post a Comment