पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतवन्ध भोजमा सहभागी हुन राष्ट्रपति विद्यादेखि भण्डारी होटल सोल्टीमा पुगेकी छिन् ।
ज्ञानेन्द्र शाहले राष्ट्रपति भण्डारी देखि प्रधानमन्त्री उच्च ओहदाका व्यक्ति तथा विभिन्न दलका नेताहरुलाई नातिको ब्रतवन्ध भोजमा आमन्त्रण गरेका छन् । होटल सोल्टीमा आयोजना गरिएको भोजमा विभिन्न दलका नेताहरु सहभागी हुने क्रम जारी रहेको छ ।
यही चैत १७ गते हृदयेन्द्रको ब्रतवन्ध निर्मल निवासमा सम्पन्न भएको थियो । १५ वर्षीय हृदयन्द्रको ब्रतवन्धपछि उनलाई बसन्तपुर दरबार क्षेत्रस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा बाजागाजासहित पुर्याइएको थियो । सो मन्दिरमा राजपरिवारका आफन्त र सर्वसाधारणको ठूलो भिड लागेको थियो ।
Post a Comment