Latest Updates :

जलिरहेको चिताबाट निकालियो युवतीको शव, किन गरियो यस्तो?

SHARE THIS POST :

उत्तरप्रदेशको मेरठ जिल्लामा प्रहरीलाई जलिरहेको चिताबाट युवतीको लाश तानेर बाहिर निकाल्नुपर्‍यो। प्रहरीले लाशलाई पोष्टमार्टमको लागि पठाएको छ। खबर अनुसार बुधबार ती युवती शंकास्पद अवस्थामा झुण्डिएको भेटिएकी थिइन्। युवतीको शवलाई प्रहरीलाई थाहै नदिइ परिवारले अन्तिम संस्कारको लागि पठाएका थिए।

मेरठकी दीपा नाम गरेकी ती युवतीको एक आफूसँग खानदान नमिल्ने युवकसँग प्रेम थियो। परिवारको सहमतिबिना उनीहरुले कानुनी रुपमा बिहे गरेका थिए। त्यसपछि उनीहरुलाई छुट्याउन दवाव सृजना गरियो र कानुनी बिहे तोड्न बाध्य पारियो। यो घटनाबाट मानसिक रुपले असन्तुलित दीपाले आत्महत्या गरेको बताइएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger