Latest Updates :

अचम्मकी यि डाक्टर ! जसले जिब्रोले चाटेर आँखाको उपचार गर्छिन्

SHARE THIS POST :

के तपाईले कहिल्यै जिब्रोले चाटेर आँखाको उपचार गरेको सुन्नुभएको वा देख्नुभएको छ रु सुन्दा पनि अनौठो लाग्ने  तर यो सत्य हो एक महिला आफ्नो जिब्रोले चाटेर अरुको आँखाको उपचार गर्छिन्।

बोस्नियाकी ८० बर्षिय नाना हावा नामकी वृद्ध हुन् । जसले लगभग ५ हजार व्यक्तिको आँखाको समस्यालाई यही तरिकाबाट निको पारेकी छिन्। नाना भन्छिन्, ‘यो संसारमा निकै कम यस्ता व्यक्ति छन्, जोसँग जिब्रोले स्वास्थ्य समस्या ठिक गर्न सक्ने क्षमता हुन्छ । म त्यसमा पर्छु।’

उनका अनुसार, यस्ता धेरै व्यक्ति आउँछन् जो डक्टर वा औषधीले निको नहुने समस्या लिएर, उनीहरुलाई ठिक बनाएर पठाउँछिन् । उनी बेरोजगारलाई पैसा लिँदिनन्, तर साधारणलाई न्युनतम १० युरो फि लिन्छिन्।

 नाना आँखाबाट सिसा, फलाम, कोइला, धुलोआदी निकाल्ने काम जिब्रोले बढो दक्षताका साथ गर्छिन् । यसका लागि नाना मुखमा ‘अल्कोहल’को प्रयोग गर्छिन् । मानिसहरुले नाना मरेपछि उनको जिब्रो काटेर राख्न चाहान्छन्, ताकि उनी मरेपछि पनि यो कामका लागि प्रयोग गर्न सकियोस्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger