Latest Updates :

विपी राजमार्गको पिप्लेमा डरलाग्दो दुर्घटना, चारवटा सवारी आपसमा ठोक्किए

SHARE THIS POST :

काभ्रेस्थित विपी राजमार्गको भिमखोरी पिप्लेमा डरलाग्दो दुर्घटना भएको छ।

केहीबेर अघि चारवटा सवारी एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुईवटा टाटा सुमो, एउटा बस र मोटरसाइकल एक आपसमा ठोक्किएको थिए। दुर्घटनामा १० जना भन्दा धेरै घाइते भएका छन्।

ना १ ज ६५६६ र ना १ ज ४६९५ नम्बरको टाटा सुमो तथा बा ४ ख ६०३ नम्बरको बस र बा ४५ प ६७५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत हुन बाँकी छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger