Latest Updates :

उत्तर कोरिया र सिरियाले अमेरिकाविरुद्ध संयुक्त रुपले लड्ने गरे घोषणा

SHARE THIS POST :
 सिरिया र उत्तर कोरियाले अमेरिकासँग संयुक्त रुपमा लड्ने संकल्प गरेका छन् । सिरियालका राष्ट्रपति बसर असादले कोरियाली नेता किम जोङ उनलाई एक टेलिग्राम सन्देश दिदै अमेरिकाको नाम नलिइकन ‘जंगली महत्वकांक्षा’का विरुद्ध लड्ने संकल्प गरेका छन् ।कोरियन समाचार एजेन्सी केसीएनएलार्इ उदृत गर्दै रूसी न्युज एजेन्सी टासले समाचार लेखेको छ । कोरियाका महान् नेता किम इल सुङको १०५ औं जन्मजयन्ती र वार्षिकोत्सवको अवसरमा सिरियाको तर्फबाट सन्देश पठाउँदै राष्ट्रपति असादले विश्वका साम्राज्यवादी शक्तिसँग संयुक्त रुपमा लडेर जाने बताएका छन् ।
सिरिया र उत्तर कोरिया दुई मित्रवत देश भएको बताउँदै असादले किम इल सुङको जन्मजयन्तीको अवसरमा दुवै देशले ठूला देशसँग लडेर जाने बताएका हुन् । उनले विस्तारवादी र दमनकारी नीतिका विरुद्ध संयुक्त रुपले लड्नु पर्ने बताएका छन् ।

सिरियामा अमेरिकाले गरेको मिसाइल आक्रमणका विरुद्धमा उत्तर कोरियाले कडा रुपमा विरोध र भत्र्सना गरेको थियो ।

उत्तर कोरिया र सिरियाले लामो समयदेखि अमेरिकासँग प्रत्यक्ष र अप्रत्यक्ष युद्धको सामना गरिरहेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger