Latest Updates :

प्रहरी हाकिमले नै महिला प्रहरी माथि दुर्व्यवहार गरे पछी

SHARE THIS POST :

 जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला जवानले हाकिमले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । इलाका प्रहरी कार्यालय नौमुले दरबन्दी भई हाल जिप्रकामा कार्यरत रेखा कुँवरले म्यादी प्रहरी भर्ना छनौट स्थलमा डिएसपी केदार रजौरेले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग राखी उजुरी दिएकी छिन् ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख र प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेललाई बोधार्थसहित भेरी अञ्चल प्रहरी प्रमुखको कार्यालयमा उजुरी दिएकी छिन् । उजुरीमाथि कुनै छानबिन नभएको उनले गुनासो पोखिन् । ‘डिएसपीले सार्वजनिकस्थलमा चुल्ठो समाएर घुचुक्कमा हातले हिर्काएर अपमान गर्नुभो । मेरो कुनै गल्ती थिएन् । हाकिम हुँदैमा ममाथि हात हाल्नुपर्ने कुनै कारण थिएन’ उजुरीमा उल्लेख गर्दै भनेकी छिन्, ‘कर्तव्य पालनाका सिलसिलामा कुनै गल्ती भए कार्यालयमा बोलाई सजाय दिनुपर्नेमा सार्वजनिक स्थलमा कुटपिट गरी पदीय आचरणविपरीतको काम गरेकाले निजउपर कारबाहीको माग गर्दछु’ रेखाका सहकर्मी महिला प्रहरीहरुले उजुरीमाथि छानबिन गर्नुको साटो विभाग उल्टै दोषी हाकिमको बचाउमा लागेको भन्दै आपत्ति जनाएका छन् । जिप्रकामा कार्यरत अन्य महिला प्रहरीहरुले डिएसपीको व्यवहारबाट आफूहरु आजित भएको गुनासो गरेका छन् ।

म्यादी प्रहरी भर्नाका सिलसिलामा २० गते डिएसपी रजौरेले दुर्व्यवहार गरेको उनको आरोप छ । डिएसपी रजौरेले दुर्व्यवहार गरेको नभई आफूले हपारेको जिकिर गरे । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख (डिआईजी) विजयलाल कायस्थले सामान्य घटनालाई महिला प्रहरी जवानले उचालेको भन्दै उल्टै पीडितप्रति खनिए । उनले गैरजिम्मेवारपूर्वक अभिव्यक्ति दिँदै भने–‘त्यसलाई अझ पेल्नुपर्ने भो ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger