Latest Updates :

नमुना मुसहर बस्ती नयाँ वर्षमा हस्तारन्तरण गरिने

SHARE THIS POST :
नयाँवर्ष नजिकिएसँगै महोत्तरी जिल्लाको बर्दिवास– १ को एकीकृत नमुना मुसहर बस्तीमा सर्ने तयारीमा रहेका यहाँका दलित मुसहर नयाँ घरमा जुडशीतल पर्व (नयाँ वर्षमा मनाइने मिथिलाको पर्व) मनाउने कुराले दङ्ग छन् । आफ्ना लागि धुर्मुस–सुन्तली फाउण्डेसनले बनाइरहेको एकीकृत नमुना मुसहर बस्ती निर्माणको अन्तिमचरणमा रहेका घर देखाउँदै पुस्तौँदेखि पराले झोपडीमा जीवन गुजारेका मुसहर नयाँ घरमा जुडशीतल पर्व मनाउन पाइने भएकाले दङ्ग भएका हुन् ।

‘‘बुझलिय हजुर, आब हमसब ओई घरमे सैर रहल छि’’ (बुझ्नुभो हजुर, अब हामी ती घरमा सर्छौं नि..!) बस्ती अवलोकनमा पुगेका सञ्चारकर्मीसँग खुसी हुँदै बन्दै गरेका घर देखाउँदै बस्तीकी मनिता सादाले भन्नुभयो, ‘‘आब जुडशीतल पावैन ओही घरमें मनायब् । (अब हामी जुडशीतल पर्व तिनै नयाँ घरमा मनाउँने छौं ।) ’’
हास्यकलाकार धुर्मुस–सुन्तली आवद्ध फाउण्डेसनले यहाँका ५० घरधुरी मुसहरका लागि निर्माण गरेका घर निर्माणको काम सकिनै लाग्दा यहाँका मुसहर बस्ती पुग्ने जोसुकैलाई खुसी व्यक्त गर्न चुक्दैनन् । लाग्छ, अब हाम्रा दुःखका दिन सकिए क्या र ! धुर्मुस–सुन्तली बस्तीमा आएपछि हाम्रा दिन फेरिए । अब हामी एघाराँैं दिनमा नयाँ घरमा सर्ने उनीहरुको भनाइ थियो ।

बस्तीका घर तयार भएर टिलिक्क टल्किएजस्तै मुसहरका मन पनि टल्केको अहिले उनीहरुको मुस्कानले स्पष्ट देखिन्छ । फाउण्डेसनले आउने वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने घोषणा गरेअनुरुप अन्तिम तयारी अघि बढाएपछि मुसहर बस्तीका महिला बढी खुसी देखिएका छन् ।
हेर्नुस हजुर ती नयाँ हाम्रा घर कस्तो चम्किरहेछन् बस्ती हेर्न पुगेका आगन्तुकसँग बस्तीकी जितो सादा मुसहरले प्रफुल्ल हुँदै भन्नुभयो, अब हामीलाई कडा घामको राप र वर्षाको पानीको डर हुने छैन ।

“अब सासू–ससुरा, छोराबुहारी र पाहुनाले अब एउटै पराले झोपडीमा कोचिएर सुत्नुपर्ने छैन’’ बस्तीका एसएलसी उतीर्ण गरेका एक्ला किशोर १८ वर्षीय मञ्जे सादाले भन्नुभयो, ‘‘धुर्मुस–सुन्तलीले घर त बनाइनै दिए र हामी मुसहरमा उन्नत जीवनको कल्पनासमेत भरिदिए ।’’
गतपुस २५ गते शिलान्यास गरी निर्माण थालिएका ५० घर बनिसकेका छन् । अहिले बस्तीभित्रका सडक पिसिसि ढलान र ३२ फिट अग्लो भ्यू–टावर निर्माणको अन्तिमचरणमा पुगेको छ । सडक, बिजुली, खानेपानी धारा, मुसहरका कूलदेवता दिनभद्रीको मन्दिर, सार्वजनिक शौचालय, सामूहिक भवन र बाल उद्यान निर्माणको काम पनि अब सकिनै लागेको फाउण्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले जानकारी दिनुभयो ।

अब नयाँ वर्षको पहिलो दिन बिहान सो बस्ती मुसहरलाई हस्तान्तरण गरिने धुर्मुसको भनाइ छ । आफ्ना लागि बनेका घर रङ्गरोगन भएर टलक्क टल्केको देख्दा मुसहरमा खुसी देखिन्छ । धुर्मुस–सुन्तलीले घरमात्र नभएर मन पनि द¥हो बनाइदिएका बस्तीकी अगुवा मानकी सादाले बताउनुभयो । धुर्मुस–सुन्तलीकै सङ्गत पाएर आफ्ना नानीहरु नियमित सरसफाइ र पठनपाठनमा लागेका उहाँको भनाइ छ ।

बस्तीका ७० भन्दा बढी हाम्रा नानी स्कुल जान थालेका छन्’ मानकीले भन्नुभयो–, ‘धुर्मुस–सुन्तलीले घरमात्र हैन हाम्रो मन पनि बनाइ दिए ।’ आपूmले सोचे जस्तै ठिक समयमा बस्ती निर्माणको काम सम्पन्न भएर तोकिएकै दिन बस्ती हस्तान्तरणको तयारी बढेपछि फाउण्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस पनि खुसी हुनुहुन्छ । ‘शिलान्यासकै दिन वैशाख १ गते बस्ती हस्तान्तरण घोषणा गरेका थियौंँ’ धुर्मुसले सञ्चारकर्मीसँग भन्नुभयो–,“समयमा काम सम्पन्न हुन्छ कि हुन्न भन्ने द्विविधा सहयोगी साथीहरुले हटाइदिए, सबै काम सहयोगीको उदार हृदयले पूरा गरियो ।”

बस्तीका घर निर्माण सम्पन्न भएसँगै मुसहरमा सामाजिक चेतना, शिक्षा एवम् नागरिक अधिकार र कत्र्तव्यबारे बढेको चासोले बढी खुसी दिएको धुर्मुसको थप भनाइ छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger