Latest Updates :

यसरी लाग्यो पेट्रोल पम्पमा आगो

SHARE THIS POST :

डोटीको दिपायलमा रहेको जेबी आयल स्टोरमा आगो लागेको छ ।  नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।  व्यस्त बजारमा रहेको पम्पमा लागेको आगोले नजिकै रहेको राष्ट्रिय बाणिज्य बैंक पनि जलेको छ । पम्पमा आगो लाग्न सुरु भए लगत्तै बैंकका कर्मचारी तथा सेवाग्राही बाहिर निस्किएका कारण मानवीय क्षती हुन पाएन । तर बैंकमा रहेको नगद तथा अरु जिन्सी सामान जलेर नष्ट भएको छ । बैंक परिसरमा रहेका गाडी पनि जलेका छन् । आगलागीबाट ठूलो क्षति भएपनि कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । आागो लाग्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger