Latest Updates :

काठमाडौंमा हर्न बजाउन नपाइने ! नटेर्ने सवारीलाई ५ हजार जरिवाना

SHARE THIS POST :

रकारले काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाको पहलमा अाइतबार बसेको सरकारी सरोकारवाला निकायको बैठकले काठमाडौंलाई अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा परिणत गर्ने निर्णय गरेको हो ।

अब ०७४को वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी ईश्वरराज पौडेलले बताए ।यदि हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।

यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।
बैशाख १ देखि सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउने पौडेेलले बताए ।

२ अवस्थामा हर्न बजाउन छुट

सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त  मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

‘अब यो ब्यवस्था लागू गर्न वैशाख १ सम्म हामी सचेतनाका विभिन्न कार्यक्रम चलाउँछौं’ कार्यकारी पौडेलले भने,’अटेर गर्नेलाई कडा कारवाही हुन्छ ।’

उनले काठमाडौं छिर्ने सवारी, बाहिरिनेक्रममा रहेका सवारी र उपत्यकाभित्र गुड्ने सवारीका हकमा यो निर्णय लागु हुने बताए ।
आइतबार पौडेलसहित काठमाडौंमा प्रजिअ हिमनाथ दवाडी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामा, यातायात ब्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराई सहित काठमाडौंमा सडक डिभिजनका प्रमुखहरुको बैठकले यो निर्णय लिएको हो ।

‘सडकमा हर्न बजाएर जथाभावी हुँइकिने सवारीले दुर्घटना बढाए । हर्नले यहाँ ध्वनी प्रदुषणा पनि ज्यादै बढायो । खाली सडकमा पनि आँखै नहेरी हर्न बजाउँदै कुद्ने सवारीलाई नियन्त्रण नगरी नहुने देखिएकाले यो निर्णय गरेका हौं’ कार्यकारी पौडेलले भने ।

यो निर्णय पछि काठमाडौंको साँघुरो र चापयुक्त सडकमा सवारी ब्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै यसले ध्वनी प्रदुष नियन्त्रण भएर सर्वसाधारणलाई पनि सहज हुनेछ ।

शहरको कोलाहल पनि घट्नेछ भने हर्नकै भरमा सवारी दौडाउने र दुर्घटना गराउने जोखिम घट्ने अपेक्षा गरिएको पौडेलले बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger