Latest Updates :

ट्युसन पढाउने बहानामा १६ वर्षे छात्रामाथि शिक्षकले गरे यौनशोषण

SHARE THIS POST :

महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

३८ वर्षीय शिक्षकको कु-कर्म
पक्राउ पर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका– ३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

झ्याल ढोका बन्द गरी १६ वर्षीया छात्रामाथि यौनशोषण
शिक्षक साहले यसै वर्ष एसईई दिइ बसिरहेकी एक १६ वर्षीया छात्रालाई हिजो थप अध्ययन कक्षा तयारी गराउने नाउँमा गौशाला बजारस्थित आफ्नो डेरामा बोलाएर कोठाको झ्याल ढोका बन्द गरी अनैतिक क्रियाकलाप गरिरहेको एक विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले  रंगेहात भेटे
छात्रालाई शिक्षकले यौनशोषण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोख्रेलको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गरेको कोठा खोल्न लगाई सो छात्रालाई उद्धार गरेको थियो । छात्राको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताए ।

ट्युसन पढाउने बहानामा पटक-पटक यौनशोषण
पीडित छात्रालाई यसअघि पनि शिक्षक साहले पटक÷पटक एक्लै बोलाएर ट्युसन पढाउने बहानामा यौनशोषण गरेको स्थानीयवासी बताउँछन् । आज पीडित छात्राको परिवारजनबाट शिक्षक साह विरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा उजुरी पनि परेको छ । प्रहरीले शिक्षक साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइसकेको जनाइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger