Latest Updates :

डाक्टरले बाँच्दिनन् भनेकीको इच्छाशक्ति, १८ महिनाको संघर्षले बडिबिल्डिङ च्याम्पियन

SHARE THIS POST :

इच्छाशक्ति भयो भने मानिसको लागि कुनै कुरा पनि असम्भव हुँदैन भन्ने कुरा ब्रिटेनकी एक महिलाले प्रमाणित गरिदिएकी छिन्। मृत्युको मुखमा पुगिसकेकी निकोला किंगले ज्यानमारा रोगलाई त जितिन् नै १८ महिनामै ‘एलिट्स युके बडीबिल्डिङ’ च्याम्पियनशिप पनि जितिन्। २४ वर्षीया निकोला २०११ मा एनोरेक्जिक (भोक प्यासदेखि एलर्जी) रोगबाट ग्रस्त भइन्। जसका कारण उनलाई खानु पिउनु असम्भवजस्तै भयो। उनलाई पानी पनि जबरजस्ती पिलाउनुपर्ने भयो। 

४५ किलोकी निकोलाको तौल लगातार घट्दै गयो र उनलाई अस्पताल भर्ना गरियो। उनी एक वर्षसम्म अस्पतालमा भर्ना रहिन्। उपचारमा संलग्न डाक्टरले उनका पितालाई शायद अब निकोला बाँच्दिनन् भनेका थिए। तर उनका अभिभावकले हार नमान्न सल्लाह दिए। निकोलाले पनि आफूलाई मानसिक रुपमा बलियो बनाइन्। फलस्वरुप अस्पतालमा पाइपबाट दिइने खानेकुराले विस्तारै असर गर्न थाल्यो। करिब डेड वर्षपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो। यसपछि उनको घरमा समेत गरी करिब चार वर्षसम्म उपचार गरियो। 

निकोलाको हिम्मतले उनको शरीरमा विस्तारै सुधार आउन लाग्यो। उनी जिम ज्वाइन गरिन्। उनले आफ्नो पूरा ध्यान एक्सरसाइजमा लगाइन् जसका कारण उनको भोक प्यार विस्तारै बढ्न थाल्यो र रोग पनि विस्तारै हट्दै गयो। अघिल्लो हप्ता ‘एलिट्स युके बडीबिल्डिङ च्याम्पियन’ बनेकी निकोलाले भनिन् उनले करिब १८ महिना पहिले जिम ज्वाइन गरेकी थिइन्। 
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger