Latest Updates :

यस्तो पनि छोरो ! देवीलाई खुशी पार्न आफ्नै आमाको बली चढाए

SHARE THIS POST :

 भारतको पश्चिम बंगालमा एक युवकले आफ्नै आमाको बली चढाएका छन्। पश्चिम बंगालको पुरुलिया जिल्लामा बस्ने  तान्त्रिक ३५ वर्षीय नारायण महतोले देवीको मुर्तिमा आफैँलाई जन्म दिने आमाको बली चढाएका हुन्।

आफूँलाई तान्त्रिक भन्ने महतोले सपनामा देवीले दिएको सल्लाह अनुसार आफ्नी ५५ वर्षीय आमा फुलीदेवीको हत्या गरि देवीलाई बली चढाएको स्वीकार गरेका गरिसकेका छन्। अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ।

महतोले धारिलो हतियार प्रयोग गरी घाँटी काटेर आमाको हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  घटना भए लगत्तै हतियारसहित दाजुको घर पुगेर महतोले  देवीलाई आमाको बली चढाएको बताएका थिए।  महतो केही समयदेखि तान्त्रिक बिद्यामा लागेको र घरमै देवीको मन्दिर बनाएको छिमेकीहरुले बताएका छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger