Latest Updates :

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु, सुरक्षाको चिन्ता

SHARE THIS POST :

भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु हुँदैछ । यससँगै भक्तपुर जात्राको रौनकमा झुम्न थालेको छ । तर सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ ।

नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने गदर्छ । आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरुवात गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने ९माथिल्लो० र क्वने ९तल्लो० टोलमा तानेर लैजाने परम्परा रहेको छ । रथ तान्नुअघि रथमा खड्ग, तरबार, निशान राख्ने गर्दछ ।

रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । जात्राको मुख्य आकर्षण नै यही रथ तानातान गर्नु हो । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

पहिलो दिनमा भैरवनाथको रथ तानेर क्वने ९तल्लो० टोलको टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने ९माथिल्लो० टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो र दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह ९हात नभएको० लिङ्गो उभ्याइन्छ भने साँझपख तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ । लिङ्गो उभ्याउने जात्रा बिस्केटको अर्को आकर्षण रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरु नीलो कपडाले बेरिएको हुन्छ ।

लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।

बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ र लिङ्गो उठ्नासाथ वंशगोलमामा बाराही देवी खौमामा इन्द्रायणी देवीको तिंप्वाः जात्रा गरिन्छ ।

बिस्केटको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ । त्यसको लगत्तै खँला टोलमा ९रथ जुधाउने टोल० भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषमा द्यः ल्वाकिगु जात्रा भनिन्छ । साँझपख दुमाजु देवीको जात्रा समेत गरिन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने ९माथिल्लो० र क्वने ९तल्लो० टोलका बासिन्दाबाट तानातान गरिन्छ । यसरी रथ तानातान गर्ने क्रममा दुई पक्षबीच झडप हुने गरेको छ । सम्भावित झडपकै कारण भक्तपुरको सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले बताएका छन् ।

बिस्केट जात्रामा विशेषगरी रथले किचेर र झडपमा ढुङ्गा हानहानमा परी मानिसको मृत्यु हुने गरेको छ । सुरक्षा व्यवस्था कडा पारिएपछि झडप हुने सम्भावना कम हुनाका साथै मृत्यु हुनेमा समेत कम हुने प्रमुख राणा बताउँछन् । यस वर्ष जात्राको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट एक हजार एक सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ । जात्रामा हुने सम्भावित झडपलाई नियन्त्रण गर्न भक्तपुर नगरभित्र अवैध घरेलु मदिरा बिक्री–वितरणमा रोक लगाएको बताउँदै उनले मदिरा बिक्री–वितरण हुने स्थानीय खाजा घरसमेत बेलुकी ८ बजेभित्र बन्द गर्नुपर्ने प्रावधानलाई कडारुपमा कार्यान्वयन गरिएको जानकारी दिए ।

जात्रामा हूलदङ्गा गर्नेको पहिचानका लागि चोक चोकमा १४ वटा सिसी क्यामेरा जडान गरिएको छ । जात्रामा हूलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी सार्वजनिक अपराध ऐन र ज्यान मुद्दाअन्तर्गत कारबाही गर्ने तयारी भएको उनले बताए ।

सौर्यमासका आधारमा चल्ने बिस्केट जात्रा बिः सित अर्थात् सर्प मर्यो भन्ने अर्थमा लिच्छविकालदेखि मनाउँदै आएको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

यसैबीच जात्रामा हुने सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थितरुपमा सम्पन्न गर्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी गरेको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका घर तथा सार्वजनिक पाटीपौवामा समेत क्षति पुग्ने भएकाले त्यसलाई रोक्न समेत दिउँसो जात्रा सुरु गर्ने तयारी गरेको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger