पछिल्लो समय बलात्कार सम्बन्धि कानुन जति कडा बनेपनि यस्तो घटनाले झन् उग्र रुप लिँदै गएको छ । बलात्कारको घटनाका अनेक रुप भारतमा झनै बढि हुने गरेको छ ।
यसै क्रममा भारतको हरियाणको रोहतकमा सामूहिक बलात्कारको पनि यस्तो वास्तविकता बाहिर आएको छ, जसले आमा माथिको विश्वास नै डगमगाउन पुग्छ ।
एब बालिकाले दिएको बयानमा भनेकी छिन् उसमाथि उसकै आमाले सामुहिक बलात्कार गरायो र अश्लिल भिडियो समेत बनायो । प्रहरीले बालिकाले दिएको बयानमाथि जाँच गरिरहेको छ ।
मिडिया रिपोर्टका अनुसार बालिकाले दिएको बयानमा उसको आमाको गाउँकै रामभगत, दिनेश र कमल नाम गरेका व्यक्तिसँग अवैध सम्बन्ध थियो । बालिकाले उनीहरुसँग आमालाई आपत्तिजनक अवश्थामा फेला पारेकी थिइन् ।
जब बालिकालाई आमाको वास्तविकता थाहा भयो, तब आमाले नै ती तीन व्यक्तिलाई प्रयोग गरेर पटक पटक आफूलाई बलात्कार गराएको बालिकाको आरोप छ । आफ्नै छोरीको अश्लिल भिडियो बनाएकी आमाले आफ्नो वास्तविकता खोलेको खण्डमा उनको भिडियो भाइल बनाइदिने भन्दै छोरीलाई धम्की दिँदै आएकी थिईन् ।
Post a Comment