बिहान ढिलासम्म सुत्नु स्वास्थ्यको लागि फाइदाजनक होइन भन्ने थाहा हुँदा हुँदै पनि हामी मध्ये धेरैलाई बिहान छिटो उठ्न गाह्रो पर्छ । बिहान छिटो उठ्दा शारीरिर र मानसिक रुपमा निकै लाभदायि मानिन्छ । सफल, बुद्धिमान र स्वस्थ व्यक्ति हुनका लागि बिहान छिटो उठ्नु पनि सहयोगी हुन्छ ।
यदि तपाई चाहँदा चाहँदै पनि बिहान छिटो उठ्न सक्नुहुँदैन भने आज हामी यसको उपायको बारेमा पनि जानकारी दिन्छौँ ।
बिहान छिटो उठ्नको लागि बेलुका नै आर्लम सेट गरेर सुत्नुहोस्, जसले गर्दा भनेको समयमा ब्युझिन सक्नुहुनेछ ।
केही दिनपछिको योजना छ भने पहिले त्यो योजनाको बारेमा सेच्नुहोस् र दिनहुँ छिटो उठ्ने प्रयास गर्नुहोस् ।
यदि घरको कोही सदस्य तपाईभन्दा छिटो उठ्नुहुन्छ भने आफूलाई पनि उठाउन भन्नुहोस् ।
नियमित एकै समयमा सुत्ने बानि बसाल्नुहोस् र बिदाको दिन पनि समयमा नै उठ्ने कोशिस गर्नुहोस्
छिटो उठ्ने भन्दै ढिला सुत्ने होइन । पर्याप्त रुपमा निन्द्रा पुर्याउनुहोस् जसले तपाईको शरीरलाई फुर्तिलो बनाउँछ ।
अध्ययनले बताएअनुसार बिहान छिटो उठ्ने व्यक्ति स्वस्थ र फुर्तिलो हुन्छ । जसले गर्दा तपाई खुशी रहन सक्नुहुनेछ ।
Post a Comment