Latest Updates :

गलत ठाउँमा कार पार्किङ गर्दा ३२ लाख जरिवाना गरेपछि

SHARE THIS POST :

बलमिच्याइँ गरी गलत ठाउँमा गाडी पार्किङ गर्नेहरुका लागि यो सबक बन्न सक्दछ । बेलायतमा एक महिला सवारी चालकले पटक पटक गलत ठाउँमा सवारी साधन पार्क गरेबापत एकमुष्ट २४ हजार ५ सय पाउण्ड अर्थात् झण्डै ३२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

स्कटल्याण्डको डुन्डीमा २८ वर्षकी कार्ली म्याकीले आफ्नो गाडी गलत ठाउँमा पार्किङ गर्दा एक निजी कम्पनीले झण्डै २ सय पटक जरिवानाको रसीद थमाएको थियो । तर उनले स्कटल्याण्डमा प्राइभेट कम्पनीले लगाएको जरिवाना तिर्नु नपर्ने सोँचिन् ।

उनको बलमिच्याइँको विरुद्धमा स्थानीय गैरन्यायिक निकाय शेरिफमा मुद्दा हालियो । शेरिफले कार्ली विरुद्ध फैसला गर्दै उनले एकमुष्ट २४ हजार ५ सय पाउण्ड जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।

प्राइभेट कम्पनीले आफ्नो पार्किङ निषेधित क्षेत्रमा कार्लीले झण्डै २ सय पटक गैरकानूनी रुपमा गाडी पार्किंग गरेको भन्दै १६ महिनाको कुल १८ हजार ५ सय पाउण्डको बिल उनलाई थमाएको थियो । तर उनले उक्त रकम तिर्न अस्विकार गरेपछि भेहिकल कन्ट्रोल सर्भिस नामक कम्पनी अदालतमा गयो । अदालतले साँवा १८ हजार ५ सय र त्यसको ८ प्रतिशतका दरले हुन आउने ब्याज समेत गरी २४ हजार ५ सय पाउण्ड तिर्न कार्लीका नाममा आदेश दिएको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger