Latest Updates :

जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

SHARE THIS POST :

 फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको आज बिहान जिपबाट खसेर मृत्यु भएको छ ।

फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन ।

गाडीबाट खसेर गम्भीर घाइते भएकी पौडेललाई उपचारको क्रममा पोखरा लैजाँदै गर्दा बाटोमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनी पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ माविमा कक्षा ११ मा अध्ययनरत थिइन् ।

बिहान घरबाट विद्यालय पढ्न आउँदै गर्दा बयरडाँडा भन्ने ठाउँमा अचानक गाडीबाट खस्दा उक्त दुर्घटना भएको हो । उक्त जिप र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger