भारतको चेन्नाइमा एउटा बस सडकमै भासिएको छ। चेन्नाइको अन्ना सलाइ रोडमा स्टपमा रोखिएको बस सडकमै भासिएको हो। सडक नजिकै मेट्रो रेलको लागि खन्ने काम भइरहेको छ।
बसमा भएका ३५ यात्रुलाई सकुशल उद्धार गरिएको छ। सुरुमा बस रोकेको ठाउँमा जमिनबाट हावा निस्किएको थियो। चालकले टायरबाट धुवाँ निस्किएको सोचेर बसका सबै यात्रु बाहिर निकालेका थिए। लगत्तै बस गहिरो खाडलमा भासिँदै गयो।
Post a Comment