Latest Updates :

बिहान घाम नझुल्किँदै वीर अस्पतालस्थित ट्रमा सेन्टरमा अस्थाइन जयकला, सेन्टरमा किन प्राण त्यागिन् जयकलाले ?

SHARE THIS POST :

 बिहीबार बिहान घाम नझुल्किँदै राजधानीको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा एक वृद्धाको जीवन अस्तायो । अन्दाजी ६५ वर्षकी जयकला घर्तिमगरले ट्रमा सेन्टरको पाचौं तल्लामा झुन्डिएर आत्महत्या गरिन् ।

अस्पतालमा पैसा तिर्न नसकेर गरिब बिरामीले आत्महत्या गरेका घटनाहरु पछिल्लो समय बारम्बार सुनिन थालेका छन् । यसअघि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र महाराजगञ्जस्थित शिक्षण अस्पतालमा दुई जना बिरामीले आत्यहत्या गरिसकेका छन् । राजधानीका अस्पतालमा जयकलाको आत्महत्या तेस्रो घटना हो ।
प्रहरीले पनि आत्महत्या गर्नुको कारण यही नै हो भनेर ठहर्‍याएको छैन । अस्पतालमा कुरुवा बसेकी जयकलाकी छोरीसितको कुराकानी पश्चात्त मात्रै आत्महत्याको कारणबारे थाहा हुन सक्ने प्रहरीको भनाइ छ । जयकलाका छोरा विदेशमा छन् ।

बाग्लुङबाट काठमाडौं

बाग्लुङ जिल्ला मिजी १ घर भएकी जयकला विगत तीन हप्तादेखि ट्रमा सेन्टरमा उपचाररत थिइन् । उनी लामो समयदेखि हड्डी तथा मेरुदण्डको समस्याबाट पीडित थिइन् । उनको मेरुदण्डको शल्यक्रिया गर्ने भनिए पनि दुईपटक सरेको थियो ।

अस्पताल स्रोतका अनुसार शल्यक्रिया गरेवापत चर्को शुल्क चर्को तिर्नुपर्ने बेडमा रहेका अन्य बिरामीहरुबाट सुनेपछि जयकला तनावमा थिइन् ।


यकलाको शवलाई पोष्टमार्टमका लागि त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

के भन्छ अस्पताल प्रशासन ?

जयकलाको आत्महत्याले आफूहरु स्तब्ध भएको ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद उपाध्यायले अनलाइनखबरलाई बताए ।

डा. उपाध्यायका अनुसार बिरामीको तत्काल अप्रेसन गर्नुपर्ने अवस्था थिएन । उनमा टीबीको आशंका गरिएको थियो र बायोप्सी जाँचका लागि आवश्यक सामाग्री बिरामीका आफन्तले किनिसकेका थिए ।

अस्पतालको बेड चार्ज पनि दैनिक २ सय रुपैयाँमात्रै थियो । आर्थिक समस्या परेको भए सहुलियतसमेत गर्न सकिने भएकाले आर्थिक कारणले उनले आत्महत्या गर्नुपर्ने कारण नदेखिएको डा. उपाध्यायको भनाइ छ ।

उनी कुनै पारिवारिक तनावमा परेको हुन सक्ने डा. उपाध्यायले अनलाइनखबरलाई बताए ।

अनलाइन खबर बाट साभार गरिएको |
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger