त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित पक्राउ परेका छन् ।
नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं( दुबई उडानका लागि विमानस्थल गएका अवाले आइतबार राती पक्राउ परेका हुन् । त्यसक्रममा उनको साथबाट ह्याण्डक्यारीमा लुकाएको अवस्थामा डलर बरामद भएको हो एयरपोर्ट प्रहरीले जनाएको छ ।
रातभर गौशला प्रहरी वृत्तमा राखिएको उनले आफ्नी छोरी अमेरिकामा पढ्दै गरेकोले उनको लागि पैसा लान लागेको बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।
वरिष्ठ पाइलट अवाले पक्राउ परेपछि महेशमान डंगोललाई क्याप्टेन बनाएर जहाज उडाइएको थियो ।
Post a Comment