Latest Updates :

धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ ।

SHARE THIS POST :

धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । 

बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई प्रहरीले पक्राउ गरेको छ । 
गाउँमा आमा र आफ्नो दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई आफ्नै छिमेकी रहेको आरोपित दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको घटना बाहिर आएको हो । 
घरमा एक्लै हुँदा ती बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटकपटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको छ । 
पीडितका बुबा वैदेशिक रोजगारमा गएको तथा बालिकाको पारिवारिक पृष्ठभूमि अतिनै विपन्न रहेको छ । आफूभन्दा कान्छी दुई बहिनीलाई लिएर आमा मजदुरीमा जाने गरेको बेला उनलाई फकाइफुलाइ बलात्कार गर्ने गरेको किटानी जाहेरीमा उल्लेख रहेको छ । 
बालिकालाई कहिले चकलेट दिएर त, कहिले मिश्री दिने प्रलोभनमा आफ्नो घरमा बोलाइ सहदेवले यौनजन्य क्रियाकलाप गरेको र त्यसैगरी चलित्तर मण्डलले घरमै पसेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । 
कसैलाई केही जानकारी दिए ज्यान मार्ने धम्कीसमेत बालिकालाई दिएका आरोपीको डरले बालिकाले आमालाई समेत घटनाको विषयमा बताएकी थिइनन् । तर उनको छिमेकी अर्को बालिकाले यी सबै घटना देखेपछि पीडितकी आमालाई सुनाएकी थिइन् । 
आफ्नो छोरीसँग यस्तो क्रियालाप गर्नेलाई कारबाहीको माग गर्दै गाउँमै कुरा उठाएकी पीडितकी आमालाई पहिला गाउँका पञ्च भनाउँदाले कुरा समाजमै मिलाउन दबाब दिएका थिए । तर, पछि पीडितकी आमा नमानेर प्रहरी कहाँ जाहेरी दिएको र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए। 
घटना भएको १४ दिनपछि प्रहरीसमक्ष उजुरी परेकाले त्यति बेला मेडिकल प्रमाणमा यौन दुव्र्यवहार भएको पाइए पनि बलात्कारका तथ्य जुटाउन गाह्रो भएको प्रहरी उपरीक्षक आचार्यले बताए। दुवै आरोपीविरुद्ध जबर्जस्ती करणीकै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको र आरोपित दुवै जना जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए। 

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger