कतिपय देशमा महिला हरेक क्षेत्रमा अघि बढिसकेका छन् भने देशकै नेतृत्व सम्हालेका पनि उदाहरण छन् । तर २१औँ शताब्दीमा पनि कुनै देश यस्तो छ जहाँ महिलाको स्वतन्त्रतामा कडा बन्देज लगाईएको छ । यतिसम्मकी बलात्कार भएकी महिलाले उल्टै आफैँ कारबाही समेत भोग्नुपर्छ । साउदी अरबमा रहेका महिलामाथि लागू हुने केही कानुन यस्तो पनि छ जुन कल्पना भन्दा बाहिरको कुरा हो ।
दुई पुरुषको उपस्थिति बिना कोही महिलाले सम्पत्ति खरिद वा विक्री गर्न पाउँदैनन् । जुन दुई पुरुष महिलाको साक्षी बनेर आउँछन्, उनीहरुको विश्वसनीयताको लागि अझै अन्य चार जना पुरुषको उपस्थिती आवश्यक हुन्छ ।
साउदी अरबमा महिलाले खेलमा भाग लिन पाउँदैनन् । सन् २०१२ मा ओलम्पिकमा पहिलो पटक साउदीकी एक महिलाले भाग लिएकी थिइन् तर उनको देशभर विरोध भएको थियो ।
साउदी अरबमा बलात्कार गर्ने विरुद्धको कानुन त छ तर बलात्कारीले तबसम्म सजाय पाउँदैन जबसम्म बलात्कार गरेको देख्ने चार जना साक्षीको उपस्थिती हुँदैन ।
यदि पुरुष अभिभावक बिना एक्लै घरबाट निस्कँदा बलात्कार भयो भने सजाय उल्टै महिलाले भोग्नुपर्नेछ ।
धेरै विरोधपछि साउदीमा महिलाले सवारी चलाउन पाउँछन् तर आफन्तलाई अस्पताल पुर्याउन र बच्चालाई स्कुल छोड्न मात्र ।
Post a Comment