सर्वोच्च अदालतले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतमा उपस्थित हुन आदेश दिएको छ।
नेपाली कांग्रेस र सभापति शेरवहादुर देउवालाई विपक्षी बनाएर आइतबार दायर भएको अदालतको अवहेलना मुद्दाामा सर्वोच्चले देउवालाई स्वयं उपस्थित हुन आदेश दिएको हो।
अदालतको अवहेलना ठहर भएमा १ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था छ।
अधिवक्ता हरि मैनालीले दर्ता गरेको निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले देउवालाई अदालतमा उपस्थित हुन आदेश दिएको हो। प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणामा कांग्रेस केन्द्रीय समितिले निर्णय र सभापति शेरवहादुर देउवाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै मैनालीले निवेदन दर्ता गरेका थिए।
सर्वोच्चको पूर्ण इजलासले डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय खारेज गर्दै चार वर्षको कार्यमूल्यांकनमा पहिलो नम्बरमा परेकालाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो।
कांग्रेसले भने सर्वोच्चको यो आदेशलाई सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप भनेको छ। अदालतको अवहेलना ठहर भएमा १ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ।
Post a Comment