Latest Updates :

धेरै सुन्दरी हुनु पनि अबिशाप नै रहेछ सुन्दरी भएकै कारण यी नायिकालाई सरकारले लगायो प्रतिबन्ध {फोटो सहित}

SHARE THIS POST :
प्रकाशित मिति: April 30, 2017
 
एजेन्सी । २४ वर्षीया कम्बोडियाली नायिका डेनी ननलाई अर्को एक वर्षसम्म नयाँ फिल्म बनाउन प्रतिबन्ध लगाइएको छ । कम्बोडियाली सरकारका अनुसार मिस नन आवश्यकभन्दा बढि सेक्सी छिन् जसका कारण उनलाई प्रतिबन्ध गरिएको छ ।

कम्बोडिया संस्कृति र आर्ट मिनिस्ट्रिका अनुसार उनको फेसबुकमा राखिएको फोटोले आचार संहिताको उल्लंघन गरिरहेको छ । फेसबुकमा उनको संसारभरबाट ३ लाखभन्दा धेरै फलोअर्स छन् ।यता ननले भने अन्य नायिकाले जस्तो आफूले त्यस्तो केही पनि नगरेको स्पष्टिकरण दिँदै आफूलाई प्रतिबन्ध गरिएकोमा रोष व्यक्त गरेकी छिन् । नन भन्छिन्, ‘कम्बोडियामा थुप्रै सेक्सी कलाकार छन् । कोही त सुटिङका बेला म भन्दा बढि सेक्सी पोज दिने गर्दछन्, चुम्बनका दृश्य दिन्छन्, बेड सिन दिन्छन् ।’



ननले तस्बिर पोष्ट गर्ने बेला अब धेरै सेक्सी देखिने फोटो सार्वजनिक नगर्ने बताएकी छिन् । यद्यपी, आफू प्राकृतिक रुपमा नै सेक्सी देखिने गरेको उनको भनाई छ । यता डिसिप्लिनरी काउन्सिलका प्रमुख कामरोउन वंथाले भने, ‘मिस ननलाई यो सजायँ दिइएको हो किनभने उनले मन्त्रालयलाई गत मे महिनामा दिएको लिखित प्रतिबद्धतालाई पूरा गर्न असफल भएकी छिन् ।


ननले एक कम्बोडियाली पत्रिकालाई भनिन्, ‘जब संस्कृति मन्त्रालयका मानिसहरुले मलाई पहिलो पटक बोलाए तब उनीहरुले मलाई छोरीलाई जस्तै गरी सम्झाए । मेरो मान्यता यो छ कि मलाई आफूले चाहेको जस्तो लुगा लगाउन अधिकार छ ।’ ननले भनिन्, ‘मन्त्रालयको आचार संहिताको लक्ष्य कला र संस्कृतिको संरक्षण गर्नु, देशको पहिचान र कलामा पर्ने नकारात्मक प्रभावलाई रोक्नु हो ।’सरकाले यो कदमका कारण नन अब आउँदो १ वर्षसम्म क्यामराको अगाडि आउन सक्दिनन् ।
 

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger