Latest Updates :

उत्तर कोरिया र अमेरिकाबीच बढ्दो विवादलाई लिएर चीनले उत्तर कोरियालाई दियो यस्तो कडा चेतावनी

SHARE THIS POST :
प्रकाशित मिति: April 30, 2017
वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ब्यालेस्टिक मिसाइल परिक्षणले उत्तर कोरियाका नेता किन जोङ उनले चीनको अपमान गरेको आरोप लगाएका छन्।‘उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेर चीनको आकांक्षा र त्यो भन्दा पनि धेरै सम्मानित राष्ट्रपतिको अपमान गरेको छ, भलै सो परीक्षण असफल भएको किन नहोस,’ ट्रम्पले भने।

दक्षिण कोरिया र अमेरिकी सैन्य स्रोतका अनुसार उत्तर कोरियाले शुक्रबार ब्यालेस्टिक मिसाइल परिक्षण  गरेको केही समयभित्रै विष्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो परीक्षण स्थानीय समयानुसार  विहान साँढे दश बजे गरिएको थियो। सो परीक्षण पुक्चाङ एअरफिल्ड नजिकै गरिएको संचारमाध्यमले उल्लेख गरेका छन्। यो विषयमा उत्तर कोरियासँग वार्ता गर्न अमेरिकाले चीनको सहयोग मागेको थियो।

यही महिनाको सुरुवातमा उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि चीनले अमेरिका र उत्तर कोरियालाई सम्यमता अपनाउन आग्रह गरेको थियो। ट्रम्प प्रशासनले चीन र राष्ट्रपति  श जिनपिङको सराहना गरेको एक दिनपछि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो। ट्रम्प प्रशासनले प्योङयाङलाई थप मिसाइल परीक्षण नगर्न मनाएको भन्दै अमेरिकाले चीनले प्रशंषा गरेको एक दिनपछि नै उत्तरले मिसाइल परीक्षण गरेको संचारमाध्यमले जनाएका छन्। चीनले उत्तर कोरियाली नेता किम जोङ उनलाई थप मिसाइल परीक्षण गरे कडा नाकाबन्दी लगाउने चेतावनी दिएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger